वेष्ट इण्डिजका चन्द्रपाल बने जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षक


काठमाडौं । जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। जनकपुरले दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) का लागि चन्द्रपाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
चन्द्रपालले वेस्ट इन्डिजबाट १६४ टेस्ट र २६८ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन्। आफ्नो २१ वर्षे अन्तर्राष्ट्रिय खेल जीवनमा चन्द्रपालले २० हजार भन्दा बढि रन बनाए।
उनीसँग क्यारेबियन प्रिमियर लिग (सीपीएल), भाइटालिटी ब्लास्ट, बंगलादेश प्रिमियर लिग, च्याम्पियन्स लिग टी–२० र इन्डियन प्रिमियर लिगमा खेलेको अनुभव छ। शिवनारायणले सन् २०२२ मा अमेरिकाको सिनियर महिला टोली र यू–१९ महिला टोलीको जिम्मेवारी सम्हालेका थिए ।
मंसिर १ गते देखि सुरु हुने एनपीएलमा जनकपुर डिफेन्डिङ च्याम्पियनको रुपमा चन्द्रपालको प्रशिक्षणमा कीर्तिपुर मैदानमा उत्रने छ। पहिलो संस्करणको च्याम्पियन टोली जनकपुरको मुख्य प्रशिक्षकको जिम्मेवारी पुबुदु दासानायकेले सम्हालेका थिए । दासानायके हाल अमेरिकाको राष्ट्रिय टोलीका प्रशिक्षक छन्।
Facebook Comments