सुनचाँदीको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?

User Image मेयरसाप डेस्क | २०८२ असोज २७ गते २१:५७
Image of https://mayorsap.com/storage/photos/10/gold.jpg

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला रू तीन हजार २२० मा खरिदबिक्री हुँदैछ ।

हिजो आइतबार सुन प्रतितोला रू दुई लाख ३८ हजार र चाँदी प्रतितोला रू तीन हजार एक सय २५ मा किनबेच भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ७१ अमेरिकी डलर हाराहारी कारोबार भइरहेको छ ।


Facebook Comments