प्रचण्डको घरबाट २ ट्रक पैसा निकालिएको दाबी गर्ने सुवेदीविरुद्ध माओवादीले दियाे उजुरी

सुवेदीले नियोजित रूपमा झुटो र तथ्यहीन प्रचार गरेर प्रचण्डको चरित्रहत्या गरेकाे आरोप

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ecba728d1e2.PNG

काठमाडौं । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) देवेन्द्र सुवेदीविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासबाट दुई वटा ट्रकमा दुई करोड पैसा निकालिएको दाबी गरेका सुवेदीविरुद्ध प्रचण्डको निजी सचिवालयले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरेको हो । 

प्रचण्डको निजी सचिवालयले साइबर ब्यूरोमा उजुरी दर्ता गराउँदै सुवेदीले नियोजित रूपमा झुटो र तथ्यहीन प्रचार गरेर भ्रम सिर्जनाका साथै चरित्रहत्या गरेको आरोप लगाएको छ । उजुरीमा भनिएको छ, ‘देवेन्द्र सुवेदीले सामाजिक सञ्जालमा प्रचण्ड निवासबाट घर जलिनु दुई दिनअघि नै दुईवटा ट्रकमा दुई करोड रुपैयाँ लुकाइएको भन्दै पूर्णतः गलत र तथ्यहीन प्रचार गरिरहेका छन् । यसरी झुट्ठा सामग्री प्रवाह गरी भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्या समेत गरिएको छ ।’

गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले यस विषयमा आवश्यक अनुसन्धान गरी सुवेदीलाई कानुनी कार्बाही गर्न सचिवालयले माग गरेको छ । 


Facebook Comments