किसानलाई ‘फोहर’ भनेपछि सामाजिक सञ्जालमा बालेनको आलोचना

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/balen-shah-1_MNjqZckbiV_R01S7pC9XQ.jpg

काठमाडौं  ।  काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले किसानलाई नकारात्मक टिप्पणी गरेको भन्दै आलोचना सुरु भएको छ । सोमबार राति मेयर साहले सामाजिक सञ्जालमा एउटा कविता लेखेका छन्। जहाँ उनले किसानलाई ‘फोहोरी’का रूपमा प्रस्तुत गरेपछि आलोचना सुरु भएको हो ।  

यस्तो छ उनको कविता-

सत्यको कुनै एउटा पहिचान

कुनै नाम हुँदैन।

मिथ्याजस्तो ठूलो अभिमान,

कुनै शान हुँदैन।

जलझैँ शीतल, फूलझैँ कोमल,

सुन न पित्तल, किसानझैँ फोहर।

आकाशझैँ विशाल,

स्पर्शझैँ सूक्ष्म,

सगरमाथाझैँ हिमाल,

थोपाझैँ पूर्ण।

सत्यको कुनै दाम हुँदैन,

सत्यको दुवै कान हुँदैन ,

समर्पण हुन्छ , दान हुँदैन ,

कुनै एउटा पहिचान,

कुनै एउटा काम हुँदैन, नाम हुँदैन।


Facebook Comments