डीएनए परीक्षणबाट शव विपिनकै भएकाे पुष्टि, युद्धको पहिलो महिनातिरै ह*त्या भएको अनुमान


काठमाडौं । डीएनए परीक्षणबाट हमासले हस्तान्तरण गरेको शव नेपाली विद्यार्थी विपिन जोशीकै भएको पुष्टि भएको छ । आज इजरायली सैनिक अस्पतालमा भएकाे डीएनए परीक्षणबाट उनकाे मृत्यु प्राकृतिक नभइ हत्या नै भएको समेत पुष्टि भएको छ ।
विपीन जोशीलाई हमासले युद्ध सुरु भएको पहिलो महिना अर्थात सन् २०२३ को अन्त्यतिरै हत्या गरेकाे समेत देखिएकाे छ ।
बन्धक बनाइएको ७ सय ३८ दिनपछि विपिनसहित ४ जनाको मृत्यु भएको पुष्टि गर्दै हमासले अन्तर्राष्ट्रिय रेडक्रसको समन्वयमा इजरायली पक्षलाई शव हस्तान्तरण गरेको थियो । उनको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले सैनिक अस्पताल लगेर डीएनए परीक्षण गरेको थियो ।
विपीनको शव नेपाल ल्याउनका लागि इजरायलस्थित नेपाली दूतावासलाई समन्वय गर्न समेत आवश्यक निर्देशन दिइसकिएको पराराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालस्थित इजरायली दूतावासले पनि शवको डीएनए परीक्षणपछि आवश्यक प्रक्रिया पुर्याएर परिवारलाई हस्तान्तरण गरिने जनाएको छ ।
Facebook Comments