एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ee21ccbc287.jpg

काठमाडौं ।  नेकपा एमालेको १० औं केन्द्रीय कमिटी बैठक आजदेखि  सुरु हुँदैछ । ललितपुरको जवालाखेल भनिमण्डलस्थित पार्टी प्यालेस रामबाघ महलमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।  जेनजी आन्दोलनको क्रममा केन्द्रीय कार्यालयमा आगजनी भएपछि एमालेले रामबाघ महलमा बैठक गर्न लागेको हो। 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज बैठकको सुरूमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।  

केन्द्रीय कमिटी बैठक ३ दिनसम्म चल्ने छ । केही दिनअघि मात्र बसेको सचिवालय बैठकले पार्टी ११ औं महाधिवेशनमा जाने निर्णय गरिसकेको छ । मंसिर अन्तिम साता महाधिवेशन गर्ने एमालेको तयारी छ ।


Facebook Comments