एमाले सधैंका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाल्नुहोस् : ओली

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ef49dd2f76c.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कमजोर नभएको भन्दै ‘अब सधैंका लागि एमाले सरकारबाट हट्यो भन्ने भ्रम कसैले नपाल्न’ चेतावनी दिएका छन् ।

केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भने, “एमाले राजनीतिक र आर्थिक विकासको नायकत्व दिइरहेको पार्टी हो ।’

उनले एमाले सरकारमा हुँदा र हट्दाको फरक विश्व बैंकको प्रतिवेदनले देखाएको दाबी गरे । “३ प्रतिशतले यही वर्ष आर्थिक वृद्धिदर घट्छ भन्यो,“ उनले भने ।

ओलीले एमालेले देशको स्वाभिमान कायम गर्न र आर्थिक एवं दिगो विकासका लक्ष्यमा काम गरेको बताए ।

उनले एमाले सरकारमा हुँदा नेपाललाई अल्पविकसितबाट विकसित राष्ट्रमा लैजाने अनुकूल स्थिति सिर्जना भइरहेको उल्लेख गरे ।


Facebook Comments