जुम्ला जिल्लाका अध्यक्षसहित चार नेतालाई राप्रपाले गर्‍यो कारबाही

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ef7bf5ae676.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जुम्ला जिल्लाका कार्यसमिति अध्यक्ष बेदबहादुर शाहीसहित चार जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले अनुशासन समितिको सुझावका आधारमा यो निर्णय लिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

अध्यक्ष शाहीसहित जुम्लाका उपाध्यक्षद्वय विमल शाही र कालीबहादुर महत, तथा कर्णाली प्रदेश सदस्य मन्सुर सुनार लाई एक वर्षका लागि निलम्बन गरिएको हो ।

पार्टीको विधान र अनुशासनविपरीत काम गरेको पाइएपछि उनीहरूमाथि कारबाही गरिएको अध्यक्ष लिङ्देनले बताए ।


Facebook Comments