वीरगञ्जको फोहर पानी प्रशोधन केन्द्रको कागजात अख्तियारको नियन्त्रणमा

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ef8e7603a05.jpg

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिका मातहतको फोहर पानी प्रशोधन केन्द्र सम्बन्धी आवश्यक कागजात अनुसन्धानका लागि लगेको छ ।

आयोगको हेटौँडा कार्यालयमा उजुरी परेपछि आयोगको टोलीले सहरी विकास मन्त्रालय र वीरगञ्ज महानगरको संयुक्त लगानीमा करिब २७ करोड रुपैयाँ लागतमा निर्माण भएको उक्त केन्द्रसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको हो ।

अख्तियार कार्यालय हेटौँडाका सूचना अधिकारी विमोचन घिमिरेले आयोगको टोलीले अनुसन्धानका लागि कागजात लगेको पुष्टि गरेका छन् ।


Facebook Comments