पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउने आदेश


काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी भएको छ । जिल्ला अदालत काठमाडौंमा मंगलबार र बुधबार भएको बयान र थुनछेक बहसपछि न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।
अदालतको आदेशअनुसार महरालाई केन्द्रीय कारागार सुन्धारामा राखिएको छ ।
२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरमा उनी विरुद्ध सीआइबीले अनुसन्धान गरेको थियो । उनीविरुद्ध सङ्गठित अपराध निवारण ऐन र भन्सार ऐन अन्तर्गतको कसुरमा ८ करोड ५५ लाख २८ हजार बिगो मागदाबी गरिएको थियो ।
Facebook Comments