सडक डिभिजन लहानका तत्कालीन प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ढलान निर्माण गर्दा २ करोड बढी भ्रष्टाचार गरेको आरोप


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहान, सिरहाका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले कार्यालयका तत्कालीन डिभिजनल इन्जिनियर तथा प्रमुख रविन्द्रलाल दास, इन्जिनियर शैलेन्द्र कुमार चौधरी, सब–इन्जिनियर चन्द्रकान्त चौधरी र जय धनन्जय रब्बानी जेभीका तर्फबाट रब्बानी कन्सट्रक्सनका सञ्चालक जफिर कवारीलाई प्रतिवादी बनाइएको छ ।
उनीहरूलाई सिरहाको कल्याणपुर नगरपालिका – ५ स्थित चिकनास्थानमा प्रदेश सरकारको योजना अन्तर्गत सडक ढलान निर्माण कार्यमा अनियमितता र भ्रष्टाचार गरेको आरोप छ ।
अख्तियारले उनीहरूबाट करिब २ करोड ३४ लाख ९९ हजार ९ सय ४५ रुपैयाँ २२ पैसा बराबरको भ्रष्टाचार भएको दाबी गर्दै उक्त रकम बिगोको रूपमा असुल गर्न मागसहित मुद्दा दायर गरेको हो ।
यस्तो छ आरोपत्र
Facebook Comments