मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनाल नियुक्त


काठमाडौं । मधेस प्रदेशको चौथो मुख्यमन्त्रीको रूपमा लोसपाका प्रदेश सांसद जितेन्द्र सोनाललाई नियुक्त गरिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(२) अनुसार बुधबार सोनाललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । मुख्यमन्त्री सोनालले प्रदेश प्रमुखको कार्यालयबाट आफ्नो नियुक्ति पत्र प्राप्त गरेका छन् ।
Facebook Comments