विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन (फोटो फिचर)

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68efa650b0eca.jpg

काठमाडौं । जेनजी युवाहरूले इजरायलमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन जोशीको सम्झनामा दीप प्रज्वलन गरेका छन् । जेनजी अभियन्ता रक्षा बम लगायतका युवाहरूले जोशीको स्मृतिमा बुधबार साँझ काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका हुन् ।

विपिन अक्टोबर ७, २०२३ देखि हमासको कब्जामा थिए । अध्ययनका लागि इजरायल गएका जोशीलाई दुई वर्षअघि हमासले अपहरण गरेर गाजातर्फ लगेको थियो ।

सोमबार हमासले उनीसहित ४ जनाको मृत्यु भएको पुष्टि गर्दै शव बुझाउन लागिएको जानकारी दिएको थियो । इजरायलमा मंगलबार डीएनए परीक्षणपछि इजरायली सेनाले जोशीको मृत्युको औपचारिक पुष्टि गरेको छ ।


Facebook Comments