तेस्रो पटक नेपाल टी–२० विश्वकपमा छनोट


काठमाडौं । नेपाल लगातार दोस्रो पटक आईसीसी टी–२० विश्वकपमा छनोट भएको छ । बुधबार भएको सुपर सिक्सको दोस्रो खेलमा यूएईले सामायोमाथि ७७ रनको फराकिलो जित निकालेपछि नेपाल र ओमान दुई खेलअघि नै विश्वकपका लागि छनोट भएका हुन्। थप एक टीमको टुंगो लाग्न बाँकी छ ।
प्रतियोगितामा अपराजित रहेका दुवै टीम दुई खेल बाँकी छँदै विश्वकपमा पुगेका छन् । २०२६ मा हुने टी २० विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दैछन् । विश्वकप आगामी फेब्रुअरी र मार्चमा हुनेछ। सन् २०१४ मा पहिलोपटक टी २० विश्वकप खेलेको नेपालले दोस्रो पटक खेल्न १० वर्ष पर्खिनुपर्यो । योसँगै नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको हो।
सुपर सिक्सको तेस्रो खेलमा आजै नेपालले ओमानसँग खेल्दैछ । सो खेल राति ८ः४५ मा सुरु हुनेछ। अहिले हुने खेलमा नेपालले ओमानलाई हराएको खण्डमा शीर्षस्थानमा उक्लिन सक्नेछ । नेपाल र ओमानले अहिलेसम्म सुपर सिक्समा ६ अंक बटुलेका छन् । रनरेटका आधारमा ओमान शीर्षस्थानमा छ भने नेपाल दोस्रोमा छ । सुपर सिक्सको अन्तिम खेलमा नेपालले शुक्रबार सामोयासँग खेल्नेछ।
Facebook Comments