एमाले केन्द्रीय कमिटी बैठक: आज पनि नेताहरुले धारणा राख्नेक्रम जारी


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । एमाले केन्द्रीय कमिटी बैठक आज बिहान ८ बजेदेखि ललितपुर धोबीघाटस्थित रामबाघमहल पार्टी प्यालेसमा सुरू हुनेछ ।
बुधबारदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि आधारित भएर सदस्यहरूले धारणा राखिरहेका छन् । बुधबार ५० जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए ।
शुक्रबारसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा सदस्यहरूलाई बोल्न तीन मिनेट समय दिइएको छ । केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि पदाधिकारीहरूले पनि बोल्ने कार्यसूची राखिएको छ ।
जारी केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्नेछ । अध्यक्ष ओलीले पार्टीको ११ औं महाधिवेशन मंसिरको २७, २८, २९ पोखरामा गर्ने गरी प्रस्ताव गरेका छन् । एमालेले एक वर्षअगाडि नै महाधिवेशन गर्ने तयारी गरेको छ ।
Facebook Comments