एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f0736ed4e12.jpg

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ । ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा केही बेर अघि बैठक सुरु भएको हो । 

बिहान आठ बजेदेखि सुरु गर्ने भनिएको बैठक केही ढिला गरी सुरु भएको छ । आजको बैठकमा पनि केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमा धारणा राख्ने क्रम जारी रहने छ । पहिलो दिनको बैठकमा ५० जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखेका थिए । आज बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् ।

करिब सय जनाले धारणा राख्ने अनुमान गरिएको छ । यही क्रममा सबै केन्द्रीय सदस्यहरूले समय लिने हो बैठक लम्बिने सङ्केत देखिएको छ । बैठकमा हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ । तीन मिनेटमा आफ्ना धारणा नटुङ्ग्याए स्वतः माइक काटिने प्रबन्ध गरिएको छ । बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि वर्णानुक्रम अनुसार उल्टो (ज्ञ बाट) पालो मिलाइएको छ ।


Facebook Comments