सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f0c3c16a3be.JPG

काठमाडौं । सगरमाथाको पहिलो सफल आरोहण दलका  सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ ।

सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गरेका थिए । उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा आठ हजार मिटरमाथिसम्म पुगेका थिए । उनले दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा काम गरे । शेर्पा हालसम्म सो आरोहण दलको एकमात्र जीवित सदस्यका रूपमा थिए ।

उनको आज काठमाडौँ कपनस्थित निवासमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।


Facebook Comments