विश्वकप छनोटको उपाधिका लागि आज सामाओसँग खेल्दै नेपाल


काठमाडौं । टी–२० विश्वकप छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग खेल्दैछ । ओमानमा जारी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटको अपराह्न ४:१५ बजे नेपालले सामाओसँग प्रतिस्पर्धा गर्नेछ ।
दुवै टिमले प्रतियोगिताको आफ्नो अन्तिम खेल खेल्दैछ भने नेपाल अहिलेसम्म अपराजित छ । समूह चरणमा नेपालले जापान, कतार र ओमानलाई पराजित गरिसकेको छ । यो सँगै नेपाल अंक तालिकामा ८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको युएईको ६ अंक छ । यस्तै ओमानको पनि ६ अंकसहित तेस्रो स्थानमा छ । उसले आज अन्तिम खेल जापानसँग बिहान ११ बजे खेल्दैछ ।
नेपालले आज सामोआलाई हराएमा अपराजित रहँदै छनोटको उपाधि चुम्नेछ । तेस्रो पटक विश्वकपमा छनोट भएको नेपालले छनोटको उपाधि पहिलो पटक उचाल्न लागेको हो। सुपर सिक्सबाट नेपालसँगै ओमान र यूएई विश्वकपमा पुगिसकेका छन् । नेपाल र ओमान दुई खेल अगाडि नै विश्वकप पुगेका हुन् । छनोट चरणको सुपरसिक्सबाट जापान, कतार र सामाओ भने बाहिरिसकेका छन्।
Facebook Comments