सुशीला कार्कीको हुती हेरेर केपी ओलीले चुनावमा भाग लिन्नँ भनेर चुनौती दिन थाले : प्रभु साह

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f39483b7b77.jfif

विराटनगर । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले चुनाव बहिष्कारको नाममा भाँडभैलो मच्चाउने केपी ओलीको डिजाइन रहेको आरोप लगाएका छन् ।  

विराटनगरको टंकी सिनुवारी जेसिस भवनमा आज (शनिबार) आयोजित कोशी प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले देशमा फेरि भाँडभैलो मच्चाउनलाई  ओलीले चुनाव बहिष्कारको घोषणा गरेको जिकिर गरे । 

‘चुनाव बहिष्कार गर्ने एमालेको निर्णय देशलाई असफल बनाउने खेल हो । केपी ओलीहरू हार्ने डरले चुनाव बहिष्कारको उद्‍घोष गर्दै भाग्न खोजेका छन्,’ आजपा अध्यक्ष साहले भने । 

यसैगरी प्रधानमन्त्री सुशीला कार्की चुनाव गराउने दिशामा नभएर देशलाई दिशाहीन गन्तव्यमा पुर्याउन उद्धत रहेको आरोप उनले लगाए । वर्तमान सरकारको हुती हेरेर नै भदौ २३ गते जेन–जी आन्दोलनको क्रममा युवाहरूको नरसंहारमा उत्रिएका केपी ओलीजस्ता अधिनायकवादी शासकहरूले अहिले टाउको उठाउन थालेको उनको दाबी छ ।

वर्तमान सरकारले देशलाई निकास दिन नसक्ने संकेत देखिएको भन्दै आजपा अध्यक्ष साहले निर्णायक संघर्षमा होमिनको लागि न्यायप्रेमी, देशभक्त र क्रान्तिकारी शक्तिहरुलाई अपिल गरेका छन् । उनले वर्तमान सरकार फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउनुको लागि बनाईएको भएपनि अहिले सरकारले जथाभावी हात हाल्न थालेको भन्दै राजदूतहरु अकारण फिर्ता बोलाएकोमा आक्रोश व्यक्त गरे ।

‘इलेक्सनको म्याण्डेट लिएर बनेको अहिलेको सरकार आफ्ना आसेपासे र भरौटेहरुलाई फेरि राजदूत बनाउनुको लागि सक्रिय भयो, म यही कार्यक्रमबाट भन्न चाहन्छु–प्रधानमन्त्रीजी तपाईं इलेक्सनमा ध्यान दिनुहोस्, यो राजदूतहरु सेलेक्सनमा होइन,’ आजपा अध्यक्ष साहले भने । 

राजदूत फिर्ता बोलाउँदा पनि भारतका लागि नेपाली राजदूतलाई फिर्ता नबोलाउनुको कारण पनि उनले प्रधानमन्त्री कार्कीसमक्ष सोधेका छन् । ‘भारतका लागि नेपाली राजदूतमा के त्यस्तो क्षमता र गुण रहेछ, उहाँ सबैको प्रिय भइ राख्नुपर्ने, रोचक त यो छ कि भारतका लागि अहिलेको राजदूतलाई आरजु राणाको आशीर्वाद छ भनिन्छ, अहिले सुशीला म्याडमपनि आरजुको खातिरदारीमा लाग्नुभएको हो र रु, होइन भने किन यो तहको अतिरिक्त मोह र सम्मान देखाउनुभयो रु’ उनले भने । 


Facebook Comments