विश्वकप लिग–२ सिरिजका लागि नेपाली टोली घोषणा


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि १५ सदस्यीय टोली घोषणा गरेको छ। आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने लिगका लागि क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो। टोलीमा अनिल साह र भीम सार्की समेटिएका छन् ।
त्यस्तै हालै टी–२० विश्वकप छनोट टिममा रहेका सन्दिप जोरा, लोकेश बम र आदिल आलम भने यो सिरिजका लागि परेका छैनन् । यस सिरिजमा नेपालले यूएई र अमेरिकासँग खेल्नेछ । लिग–२ अन्तर्गतको सिरिजमा तीनवटै टोलीले ४/४ वटा खेल खेल्ने छन् ।
Facebook Comments