हेलिकप्टरबाट खोजी गर्दा पनि भेटिएनन् धौलागिरि चक्रीय पदमार्गबाट हराएका पर्यटक र पथप्रदर्शक

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f3a6f45e7ff.jpg

म्याग्दी । म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि चक्रीय पदमार्गमा पर्यटक र पथप्रर्दशक बेपत्ता भएका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा रहेको धौलागिरि हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने धम्पुस पिक जाने क्रममा एक जना पथप्रदर्शक र एक जना जर्मनका पर्यटक शुक्रबार रातिदेखि सम्पर्कविहीन भएका हुन् । 

जर्मनी नागरिक ३२ वर्षीय दामिनो डेल्फाप्लो र पथप्रर्दशक नेपालका मिमा शेर्पाको खोजी भइरहेको मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाले जानकारी दिए । उनीहरुको आज सेभेन समिट ‘ट्रेकिङ’ कम्पनीले हेलिकप्टर परिचालन गरेर खोजी गरे पनि नभेटिएका प्रनाउ लामाले बताए । 


Facebook Comments