चुनावी सुरक्षा रणनीति बनाउन बोलाइयो केन्द्रीय सुरक्षा समिति बैठक

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/home ministry dggfdf.png

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय सुरक्षा समिति बैठक बस्ने भएको छ ।  गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । उक्त समितिमा गृह तथा रक्षा सचिवका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधि सहभागी हुनेछन्।

यही सन्दर्भमा शनिबार राष्ट्रपति निवास शीतलनिवासमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शीतलनिवासमा गहन छलफल भएको थियो ।छलफल निर्वाचनका लागि राजनीतिक वातावरण बनाउनेदेखि सुरक्षा अवस्था सदृढ पार्ने विषयमा केन्द्रित रहेको जनाइएको छ ।

आइतबार बस्ने केन्द्रीय सुरक्षा समितिको बैठकले केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले बनाउँदै गरेको एकीकृत सुरक्षा योजनामा भएका प्रगतिको समीक्षा गरी आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिने बताइएको छ ।

त्यस्तै, गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख एवं सहसचिव आनन्द काफ्लेको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरिएको छ ।

समितिले बनाएको सुरक्षा योजना कार्यान्वयनका लागि प्रत्येक जिल्लामा पठाइनेछ । प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले उक्त योजनाको कार्यान्वयन गर्नेछ । 


Facebook Comments