विपिन जोशीको शव भोलि नेपाल ल्याइँदै

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f46aa1cc7ca.jpg

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परेर मारिएका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको शव भोलि (सोमबार) नेपाल ल्याइँदैछ । 

परराष्ट्र मन्त्रालयका अनुसार शव फ्लाई दुबईको विमानमार्फत दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ ।

विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्रीसहित मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू विमानस्थलमा उपस्थित हुने तयारी छ ।

अध्ययनका लागि इजरायल पुगेका विपिनलाई अक्टोबर ७, २०२३ मा हमासले किबुत्ज क्षेत्रबाट बन्धक बनाएको थियो । उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले मृत्यु पुष्टि गरेका थिए ।

इजरायल–हमास युद्धविराम सम्झौतापछि बन्दी साटासाट क्रममा हमासले शव हस्तान्तरण गरेको थियो ।

डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको र फरेन्सिक जाँचमा अपहरण भएकै समयमा उनको मृत्यु भएको पाइएको दूतावासले जनाएको छ ।


Facebook Comments