तोलामा साढे ४ हजारले घट्यो सुनको मूल्य


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आइतबार ठूलो गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा रु ४ हजार ८०० ले घटेर रु २ लाख ५३ हजार २०० कायम भएको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला रु २ लाख ५८ हजारमा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार प्रतितोला रु ३ हजार ३५० रहेकोमा आइतबार घटेर रु ३ हजार २७५ कायम भएको महासङ्घले जनाएको छ ।
Facebook Comments