पूर्वसचिव मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी निवर्तमान अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रासहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आइतबार विशेष अदालतमा दायर गरिएको मुद्दामा उनीहरूविरुद्ध रु १४ करोड ६ लाख ८५ हजार ५ सय विगो माग दाबी गरिएको छ ।
डा. मिश्रा र स्वास्थ्य सेवा विभागका तत्कालीन निर्देशक डा. श्रवणकुमार थापा, आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्रकुमार चौरसिया, निर्देशक डा. विवेकुमार लाल लगायत १४ जनाविरुद्ध स्वास्थ्य उपकरण खरिद प्रकरणमा अनियमितता गरेको आरोप छ ।
अतिरिक्त सचिवबाट राजीनामा दिएकी मिश्रा पछिल्लो समय अन्तरिम सरकारमा स्वास्थ्यमन्त्री बन्ने चर्चामा थिइन्, तर भ्रष्टाचार अनुसन्धानमा रहेको खुलेपछि उनको नियुक्ति रोकिएको थियो ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार प्रतिवादी सबैलाई जनही रु १४ करोड ६ लाख ८५ हजार ५ सयका दरले विगो कायम गरिएको छ ।
Facebook Comments