कांग्रेस केन्द्रीय समितिको म्याद थप्न नपाइने विशेष महाधिवेशन पक्षधरको माग


काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधर नेताहरूले वर्तमान केन्द्रीय समितिको म्याद कुनै पनि अवस्थामा थप्न नहुने अडान लिएका छन् ।
नेताहरू गुरु घिमिरे, मनोजमणि आचार्य, देवराज चालिसे लगायतले पत्रकार सम्मेलन गर्दै पार्टी नेतृत्वले केन्द्रीय समितिको बैठक अस्वाभाविक रूपमा लम्ब्याएर नियमित महाधिवेशन नगर्ने र नेतृत्वमा बसिरहने अलोकतान्त्रिक अभ्यास गरेको आरोप लगाएका छन् ।
असोज २८ गते सुरु भएको केन्द्रीय समिति बैठकलाई छठपछि (कात्तिक १३ गते) सम्म लम्ब्याएकोमा उनीहरूको आपत्ति छ । यसले नेतृत्वको महाधिवेशन नगर्ने मनसाय प्रस्ट पारेको उनीहरूको भनाइ छ ।
नेता आचार्यले देशको तीव्र राजनीतिक अवस्थालाई मध्यनजर गर्दै आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनअगावै महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिनुपर्नेमा जोड दिए ।
नेता घिमिरेले अन्य दलले मङ्सिरमा महाधिवेशनको निर्णय गरिसकेको अवस्थामा आफूलाई प्रजातान्त्रिक पार्टी भन्ने कांग्रेसलाई महाधिवेशन गर्न के ले रोक्या?े भन्दै प्रश्न गरे ।
उनीहरूले बहुसङ्ख्यक महाधिवेशन प्रतिनिधिको मतको कदर गर्दै विधानअनुसार नियमित महाधिवेशन गर्नुपर्ने माग गरेका हुन् ।
Facebook Comments