मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृ*त्यु, १२ घाइते

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f4a95aaab4f.jpg

कैलाली । कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।

बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्याक्टर लम्कीचुवा नगरपालिकाअन्तर्गत पर्ने धोबेनी खोलामा आइतबार दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी टेकबहादुर जोराका अनुसार दुर्घटनामा परी बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको छ ।

घाइते १२ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले बताएको छ ।


Facebook Comments