क्षतिग्रस्त संरचना पुनर्निर्माण कोषमा ६ करोड १० लाख जम्मा

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f4979adc2b3.jpg

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा हालसम्म ६ करोड १० लाख जम्मा भएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार आज बिहानसम्म यो कोषमा उक्त रकम सङ्कलन भएको हो ।

सरकारले सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासीय नेपाली, विकास साझेदार तथा दातृ निकायहरूलाई कोषमा योगदान गर्न आग्रह गरेको छ । 

कोषमा योगदान गर्ने रकमलाई चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन वा खर्च कट्टी गर्न पाइने सुविधा सरकारले दिएको छ ।

पुनर्निर्माण कोषका लागि राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा खाता नम्बर १९६०१००१०२०७०००४ खोलिएको छ ।

अर्थ मन्त्रालयले कोषका योगदानकर्ताहरूको विवरण शीघ्र सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।


Facebook Comments