करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f4cafa70f76.jpg

भद्रपुर । झापाको कचनकवल गाउँपालिका–२ मा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले दिएको जानकारीअनुसार कचनकवलका ४९ वर्षीय लोकबहादुर गाइनेको आज दिउँसो करेन्ट लागेर ज्यान गएको हो ।

गाइनेको अमलखुट्टा खोलामा करेन्ट प्रवाह गरेर माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको प्रहरीले जनाएको छ ।


Facebook Comments