छानबिन समितिमा बयान दिन जान्नँ : केपी ओली


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले गठन गरेको छानबिन समितिमा बयानका लागि नजाने स्पष्ट पारेका छन् ।
आइतबार सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको समितिमा आफूलाई बयानका लागि बोलाइए पनि नजाने अडान राखेका हुन् ।
ओलीले भने, “कसैले बोलाउँदैमा म लुरुलुरु बयान दिन जाने भन्ने हुँदैन । यो हुन सक्दैन ।“
आफू लोकतन्त्रमा विश्वास गर्ने व्यक्ति भएकाले लोकतन्त्रको रक्षाका लागि निरन्तर लागिरहने बताउँदै उनले समितिको वैधानिकतामाथि प्रश्न उठाए ।
Facebook Comments