गृह मन्त्रालयद्वारा सीडीओ कार्यालयहरूलाई ११ बुँदे निर्देशन

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f4d41b3d7ce.png

काठमाडौं । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरू (सीडीओ कार्यालय) लाई ११ फरक विषयमा विशेष निर्देशन जारी गरेको छ । निर्देशनमा शान्ति सुरक्षा, सुशासन, सार्वजनिक सेवा प्रवाह र आगामी निर्वाचन सुरक्षा लगायतका विषय समेटिएका छन् ।

मन्त्रालयले जेनजी आन्दोलनपछि तत्काल र दीर्घकालीन रूपमा देखा पर्न सक्ने सुरक्षा चुनौतीहरूको पहिचान र विश्लेषण गर्न तथा सोका लागि सूचना सङ्कलन गर्न सीडीओहरूलाई विशेष निर्देशन दिएको छ ।

निर्देशनको प्रमुख बुँदामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावलाई ध्यान दिँदै सबै सरोकारवालाहरूसँगको समन्वयमा जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउँदै लैजान भनिएको छ ।

करिब ६ पृष्ठ लामो निर्देशनमा अपराध अनुसन्धानमा तीव्रता, नियमन, समन्वय र सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउनुपर्ने विषयहरूलाई पनि प्राथमिकतामा राखिएको छ ।

यस्तो छ निर्देशन:


Facebook Comments