बुटवलमा बसको ठक्करबाट पैदलयात्रीको मृ*त्यु


बुटवल । बुटवल बसपार्क क्षेत्रमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
बुटवल बसपार्कबाट निस्किरहेको लु २ ख ४०९७ नम्बरको बसले ठक्कर दिँदा कपिलवस्तुको विजयनगर गाउँपालिका–७ का ३५ वर्षीय दिनेश यादवको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलले यादवको मृत्यु पुष्टि गरेको छ । पेन्टिङको काम गर्दै आएका यादव तिहारको बिदामा घर जान बसपार्कतर्फ जाँदै गर्दा दुर्घटनामा परेका थिए । ठक्करलगत्तै यादवलाई लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
ठक्कर दिने बसका चालक, पश्चिम नवलपरासीका ४० वर्षीय भीम मगरलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Facebook Comments