शिक्षा मन्त्री पुन भन्छन्–प्रधानमन्त्री कुलपति हुने चलन हटाउनुपर्छ

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुने चलन हटाउनुपर्ने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री पुनले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘कुलपति प्रधानमन्त्री हुने चलन छ । अब प्रधानमन्त्री नरहने व्यवस्था गर्नुपर्छ । छलफल हुँदैछ ।’
उनले विश्वविद्यालयमा राजनीतिकरण निर्मुल पार्नुपर्ने सुझाव समेत दिएका छन् । उनले भने, ‘कुलपतिहरूसँग पनि छलफल भएको छ । विश्वविद्यालय अनुदान आयोग अन्तर्गत विश्वविद्यालयलाई राम्रो बनाउन छलफल भएका छन् । राजनीतिकरण निर्मुल पार्नुपर्ने सुझाव आको छ । मस्यौदा बनाउनेछ ।’
Facebook Comments