सामुहिक आ*क्रमणमा परी एकै परिवारका ४ जना घाइते, पूर्व वडाध्यक्षसहित ४ जना पक्राउ


सिरहा । सिरहाको मिर्चैया नगरपालिका–३ स्थित छड्की टोलमा आइतबार साँझ एक परिवारमाथि आक्रमण हुँदा चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, घाइते हुनेमा ६० वर्षीय शिवनन्दन यादव, उनको श्रीमती दुर्गीदेवी यादव, छोरा जमाहिर यादव र बुहारी रीता यादव छन् । गम्भीर घाइते रिता यादवलाई उपचारका लागि जनकपुर पठाइएको छभने अन्यको मिर्चैयामै उपचार भइरहेको छ ।
पीडितका अनुसार १५/२० जनाको समूहले घरमै आएर खुकुरी, रड, भाटालगायतका हतियारले आक्रमण गरेका थिए । प्रहरीले घटनामा संलग्नताको आरोपमा आज मिर्चैया–३ का पूर्ववडाध्यक्ष हरिकुशियैत यादवसहित किशोर यादव, अशोक यादव, जगदीश यादव गरी चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरू छिमेकी गाउँ सिसबोनीका हुन् । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments