प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक जारी, चार जना मन्त्री पनि सहभागी
बैठकमा कुन दलबाट को को भए सहभागि?


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकारी निवास वालुवाटारमा सर्वदलीय बैठक चलिरहेको छ । विभिन्न ११ दलका प्रतिनिधि, प्रधानमन्त्री र चार जना मन्त्रीसहितको बैठक भइरहेको हो ।
बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र कृषि तथा पशुपन्छी विकासमन्त्री मदन परियार सहभागी छन् । सर्वदलीय बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल पनि उपस्थित रहेका छन् ।
कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, एमालेबाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल सहभागी भएका छन् । एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला गएका छन् ।
रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जसपा नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी छन् ।
Facebook Comments