प्रचण्ड भन्छन्–लोकतन्त्रको अग्रगामी ’सर्भिसिङ’ बिना अहिलेको जटिलता हल गर्न सकिँदैन

User Image मेयरसाप डेस्क | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/prachanda-.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको अग्रगामी ‘सर्भिसिङ’ बिना अहिले देखा परेका जटिलता समाधान गर्न नसकिने बताएका छन् । बुधबार नेपाल संवतको अवसरमा शुभकामना सन्देश जारी गर्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन् ।

उनले लोकतन्त्रलाई सुदृढ पार्दै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीजस्ता उपलब्धिमाथि टेकेर मात्रै अगाडि बढ्न सकिने समेत बताए । प्रचण्डले भने, ‘आज हामी राष्ट्रलाई पुनस् एकताबद्ध बनाउँदै अग्रगामी बाटोतर्फ अघि बढाउने मोडमा छौं । लोकतन्त्रलाई सुदृढ पार्दै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीजस्ता उपलब्धिमाथि टेकेर मात्रै हामी अगाडि बढ्न सक्छौं । लोकतन्त्रको अग्रगामी ’सर्भिसिङ’ बिना अहिले देखा परेका जटिलता हल गर्न सकिँदैन ।’ 

उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा नै नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा घोषणा गरेको स्मरण गर्दै भने, ‘यसका लागि परिवर्तनका पक्षमा रहेका सबै राजनीतिक शक्तिबीच राष्ट्रिय एकता अहिलेको टड्कारो आवश्यकता हो। संविधानको पूर्ण कार्यान्वयन, गम्भीर आत्मसमीक्षा र सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढ्ने साझा संकल्प नै नेपाल संवत् ११४६ को साँचो शुभकामना हुनेछ ।’ 


Facebook Comments