रौतहटमा गुडिरहेको बसमा आगलागी
मेयरसाप डेस्क
|
११ घण्टा अगाडि
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४, पश्चिम लच्कामा गुडिरहेको बसमा आगलागी भएको छ । बुधबार बिहान काठमाडौंबाट चन्द्रपुरतर्फ जाँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा आगलागी भएको हो ।
ब्याट्रीको तार सर्ट भएर आगो लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। बसको ब्रेक जाम भएर तार सर्ट भएपछि गाडी एक्कासी रोकिएको थियो। बस रोकिनासाथ यात्रुहरू सबै बाहिर निस्केकाले कुनै पनि मानवीय क्षति हुन पाएन।
आगलागीबाट बस पूर्णरूपमा जलेर नष्ट हुँदा करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको बस सञ्चालकले जनाएका छन्।
घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयवासी र प्रहरीको सहयोगमा बारुण यन्त्र परिचालन गरी आगो नियन्त्रणमा लिइएको थियो।
Facebook Comments