भाइटीकाको सप्तरङ्गी रंगमा माया !

User Image दिक्षान्स खड्का | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f9aefce8240.jpg

सप्तरङ्गी टीका, मायाको चिनो,
दिदीको हातमा आज श्रद्धाको बिनो।
भाइको निधारमा प्रेमको उज्यालो,
टीकासँगै जोडिन्छ नाताको हलो।

लाल रङले देओ साहसको बल,
हरियोले भरेओ जीवनको पल।
पहेँलोले ल्याओस् आशाको बिहान,
सेतोले गराओस् मन पवित्र समान।

भाइको निधारमा टीका राखी दिदी,
अमृत जस्तै बर्सन्छ उनको प्रीति।
मिष्ठान्नको स्वादमा मिठास झल्के,
आशीर्वादका शब्दले आत्मा छल्के।

भाइको रक्षा, दिदीको वरदान,
यसैमा लुकेको सारा संसार।
साथमा फुल्यो मन्द मन्द हाँसो,
घरभरी बज्छ हर्षको बाँसो ।

भाइ बिना दिदी अधुरो संसार,
दिदी बिना भाइ अधुरो प्यार।
यी दुई आत्मा एउटै डोरी,
भाइटीकाले बाँध्छ अटुट जोडी।

आजको दिन सधैं सम्झन योग्य,
मायाको उत्सव, हृदयस्पर्शी, पवित्र।
टीकाको रङमा बसोस् स्नेहको तान,
दिदीभाइको माया—नेपालीपनको मान।


Facebook Comments