जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा माइतीघरमा सामूहिक भाइटीका

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68fa1101b5fec.PNG

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा जेन–जी पुस्ताले काठमाडौंको माइतीघरमा सामूहिक भाइटीका मनाएको छ। 

उनीहरूले दिवंगत सहभागीप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहअस्तित्व, एकता र न्यायको सन्देश दिने उद्देश्यले सामूहिक भाइटीका मनाएका हुन्। 

कार्यक्रममा सहभागीहरूले परम्परागत रूपमा ज्यान गुमाएका शहीदहरुको तस्विरमा माला टीका लगाई आन्दोलनमा बलिदान भएका सहपुस्ताप्रति सम्मान प्रकट गरेका थिए ।  कार्यक्रममा सहिद परिवार, घाइते लगायतका युवाहरूको उपस्थित रहेको थियो ।


Facebook Comments