भाइटीका लगाउँदा बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष केसीको मृ*त्यु

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68fa4277ce70b.jpg

काठमाडौं । भाइटीका लगाउने क्रममा बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको मृत्यु भएको छ। आज भाइटीका लगाउँदै गर्दा एक्कासि बेहोस भएका केसीको अस्पताल लैजानेक्रममा बाटैमा निधन भएको हो।

बुटवलस्थित आफ्नै निवासमा भाइटीका लगाउँदै गर्दा बेहोस भएका उनको उपचारका लागि बुटवल अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जनमोर्चाका नेता गंगालाल सापकोटाले जानकारी दिए । केसीको निधनप्रति नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।


Facebook Comments