स्वयम्भूबाट ७० लाख नगदसहित २ जना पक्राउ
मेयरसाप डेस्क
|
४ घण्टा अगाडि
काठमाडौं । काठमाडौंको स्वयम्भू क्षेत्रबाट स्रोत नखुलेको ठूलो परिमाणको नगद र सुनका गहनासहित एक चिनियाँ नागरिकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार बिहान स्वयम्भू सानोभर्याङस्थित एक घरको कोठाबाट रु ६९ लाख ८५ हजार नगद सहित उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ्ग र धादिङको नीलकण्ठ नरगपालिकाकी २२ वर्षीया रोजिना सुनार रहेका छन् । पक्राउ परेका दुवैमाथि प्रहरी वृत्त स्वयम्भूले थप अनुसन्धान गरिरहेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार नगदका साथै उनीहरूको डेराबाट नेकलेस, झुम्का, बाला, औँठी र शिरबन्दीसहित सुनका गहनाहरू तथा आईफोन र म्याकबुक समेत बरामद गरिएको छ ।
Facebook Comments