जेन–जी आन्दोलनमा प्रहरीबाट लुटिएको गोलीसहित २ जना पक्राउ

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68fb20e7ef0fb.jpg

काठमाडौं । जेनजी आन्दोनलका क्रममा प्रहरीबाट लुटिएको ३ थान गोलीसहित २ जना पक्राउ परेका छन् । प्रहरी प्रभाग कोटेश्वरको टोलीले शुक्रबार राति नरेफाँटमा चेकजाँच गर्ने क्रममा गोलीसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दिया, बढैयाताल–३ घर भई काठमाडौंको कपनमा डेरा गरी बस्ने १७ वर्षीय अनिश गिरी र झापा, झिलझिले घर भई काठमाडौंको मालीगाउँस्थित आनन्द भैरव मार्गमा बस्ने १६ वर्षीय सोनम थापा मगर रहेका छन् ।

उनीहरूले जेनजी आन्दोलनका क्रममा दरबारमार्गमा उक्त गोली भेटेको र साथमा लिएर हिंडेको बताएका छन् ।  यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Facebook Comments