कारागारबाट भागेका कैदीको ८ जनाले गरे ह*त्या, ५ जना पक्राउ
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
काठमाडौं। मकवानपुरको भिमफेदी कारागारबाट भागेका कैदीको सामूहिक हत्या भएको छ । चितवनको कालिका नगरपालिका–४ पदमपुरका २८ वर्षीय नारायण कुमालको हत्या भएको हो ।
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकास्थित इँट्टाभट्टा नजिकै शुक्रबार राति धारिलो हतियार प्रहार गरेर ८ जना मिलेर उनको हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । कुमाल जेनजी प्रदर्शनको क्रममा भिमफेदी कारागारबाट भागेका थिए । उनी बलात्कार कसुरमा १० वर्ष कैदको सजाय भोगिरहेका थिए ।
Facebook Comments