हिजो जे भयो-भयो, अब म सुध्रिन तयार छु : दुर्गा प्रसाईं
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
काठमाडौं । ’राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू सुध्रिन तयार रहेको बताएका छन् । साथै, देश छोडेर जान भनिए पनि त्यसका लागि तयार रहेको उनले स्पष्ट पारे ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले भने, “तपाईंहरूले भन्नुहुन्छ, दुर्गा तँ देश छोडेर जा... भन्नुहुन्छ भने पनि म रेडी, म जान तयार छु ।” उनले आफूलाई लोभ नभएको दाबी गरे ।
आफूलाई ‘रेण्डम टाइपको मान्छे’ बताउने प्रसाईंले हिजो जानेर वा नजानेर जे गरे पनि अब सुध्रिएर देशलाई संकटबाट जोगाउन लाग्नुपर्नेमा जोड दिए ।
गत चैत १५ मा राजसंस्था पुनस्र्थापनाको पक्षमा प्रसाईंले गरेको प्रदर्शन हिंसात्मक भएपछि उनी पक्राउ परेका थिए ।
प्रसाईंले कात्तिक १५ पछि पुनः प्रदर्शन गर्ने घोषणा गरेका छन् । यसै सन्दर्भमा गृह मन्त्रालयले वार्तामा बोलाएकोमा उनले सरकारी कदमको स्वागत गरेका छन् ।
Facebook Comments