फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा साढे ७ अर्ब खर्च लाग्ने अनुमान

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68fdcf13771b1.jpg

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि करिब साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमानसहितको बजेट तयार पारेको छ । 

यो बजेटको अन्तिम टुङ्गो लगाएर अर्थ मन्त्रालयमा पठाउने आयोगको तयारी छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, बजेटको ठूलो हिस्सा निर्वाचनमा खटिने कर्मचारी व्यवस्थापनमा खर्च हुनेछ ।

आयोगले एक हजार मतदाताका लागि एउटा मतदान केन्द्र बनाउने तयारी गरेको छ, जसका लागि प्रत्येक केन्द्रमा कम्तीमा १४ कर्मचारी आवश्यक पर्नेछ । छठ पर्व सकिएलगत्तै निर्वाचनका लागि आवश्यक सामग्री खरिद सुरु गर्न आयोगले अर्थ मन्त्रालयसँग छलफल गरिरहेको छ ।

दुर्गम र हिमाली क्षेत्रमा हेलिकप्टरमार्फत कर्मचारी खटाउने र निर्वाचन सामग्री ढुवानी गर्नुपर्ने अवस्थालाई ध्यानमा राखी आकस्मिक व्यवस्थापन शीर्षकमा पनि बजेट छुट्याउने तयारी छ ।


Facebook Comments