विवाद भएपछि श्रममन्त्रीमा सिफारिस सुनारको शपथ अन्योलमा
मेयरसाप डेस्क
|
४ घण्टा अगाडि
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीद्वारा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका लागि सिफारिस भएका खगेन्द्र सुनारको नाममा विवाद उत्पन्न भएपछि उनको शपथ ग्रहणबारे छलफल चलिरहेको छ ।
स्रोतका अनुसार, सुनारविरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भएको र उनी प्रहरीको फरार सूचीमा रहेको पाइएपछि मन्त्री बनाउने निर्णयमा अन्योल भएको हो । सामाजिक सञ्जालमा उनको चौतर्फी आलोचना भइरहेको छ ।
सुनारबाहेक सिफारिस भएका डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, गणपतिलाल श्रेष्ठलाई भूमिसुधार मन्त्री, र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी तोकिएको छ ।
Facebook Comments