जेन–जी आन्दोलन जाँचबुझ आयोगविरुद्ध सर्वोच्चमा रिट
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र त्यसपछिको आगजनीको घटनामाथि जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगका पदाधिकारीहरूलाई कामकारबाही गर्न रोक लगाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा तथा विश्वेश्वरप्रसाद भण्डारी विरुद्ध रिट निवेदन दायर गरेका हुन् ।
रिटमा अध्यक्ष कार्की र सदस्य शर्मामाथि जाँचबुझको विषयवस्तुबारे पहिले नै सार्वजनिक धारणा र दृष्टिकोण सार्वजनिक गरेर पूर्वाग्रहीपन देखाएको आरोप लगाइएको छ । उनीहरूले न्यायिक मन प्रयोग गर्न नसक्ने जिकिर गरिएको छ ।
रिट निवेदकले अन्तरिम आदेशमार्फत आयोगका पदाधिकारीहरूलाई तत्काल काम गर्न रोक लगाउन माग गरेका छन् ।
सरकारले जेनजी आन्दोलनपछि भएको जनधनको क्षतिवारे जाँचबुझ गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो ।
Facebook Comments