मन्त्रीकाे सूचीबाट हटाइयाे सुनारको नाम, श्रेष्ठको पनि रोकियो शपथ

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68fdd90c8e57e.jpg

काठमाडौं । चौतर्फी आलोचना र विवादपछि प्रधानमन्त्री सुशीला कार्कीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका लागि सिफारिस गरेका खगेन्द्र सुनारको नाम मन्त्री बन्ने सूचीबाट हटाएकी छन् ।

सुनारविरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भएको र उनी प्रहरीको फरार सूचीमा रहेको पाइएपछि प्रधानमन्त्रीले उनको नाम हटाउने निर्णयमा पुगेको स्रोतले जनाएको छ ।

आज (आइतबार) हुने शपथ ग्रहणमा सुनार सहभागी नहुने भएका छन् । यस्तै, भूमिसुधार मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठको शपथ पनि रोकिएको छ । कारण भने खुलाइएको छैन ।

आज दुई जना मन्त्रीले शपथ लिँदैछन् । शपथ लिनेहरूमा डा. सुधा शर्मा गौतम र बब्लु गुप्ता रहेका छन् । गौतलमलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र गुप्तालाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी तोकिएको छ ।


Facebook Comments