नेपाललाई अमेरिकाले दियो २६३ रनको लक्ष्य

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68fde90326bb0.jpg

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकाविरुद्ध २६३ रनको लक्ष्य पाएको छ ।

यूएईको दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा टस जितेर फिल्डिङ रोजेको नेपालसामु अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनायो ।

अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ७५ रन बनाए । नटआउट रहेका मिलिन्ड कुमारले ५० बलमा ७० रन बनाएर टोलीको स्कोर उकासे ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ५६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान १–१ विकेट लिए ।

लिग–२ मा नेपाल १६ खेलबाट १२ अङ्क जोड्दै सातौँ स्थानमा छ । नेपालले अब ३० अक्टोबर, १ नोभेम्बर र ५ नोभेम्बरमा बाँकी खेल खेल्नेछ ।


Facebook Comments