जेन–जीका मागहरू माओवादीले उठाउँदै आएको छ : प्रचण्ड

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68fdfedc9cef4.jpg

गोरखा । माओवादी केन्द्रका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको जेनजी आन्दोलनले उठाएका मागहरू सम्बोधन गर्न आफ्नो पार्टी पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

आइतबार गोरखा सदरमुकाममा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले भने, “जेनजी आन्दोलनले उठाएका विषयहरू हामीले संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौँ। अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ ।”

प्रचण्डले जेनजी आन्दोलनलाई आफ्ना उत्तराधिकारीको संज्ञा दिँदै पार्टी भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध निरन्तर लडिरहेको दाबी गरे ।

उनले केपी ओलीको सिफारिसमा बनेको अन्तरिम सरकारप्रति समर्थन जनाए पनि संसद विघटन संविधान संशोधनपछि मात्र हुनुपर्ने आफ्नो मत रहेको स्पष्ट पारे ।

अब निर्वाचन घोषणा भइसकेको अवस्थामा चुनाव सफल पार्नु नै पार्टीको पहिलो कार्यभार हुने उनको भनाइ छ ।


Facebook Comments